अवैध कारोबार बन्द गर्ने सर्लाही प्रहरी प्रमुख सुवेदीको दाबी

सर्लाही । सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले कानुनले बन्देज गरेका कुनै पनि गतिविधि गर्न नदिने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा भर्खरै सरुवा भएर आउनुभएका एसपी सुवेदीले कानुनले बन्देज गरेका सबै किसिमको अवैध कारोबार आफूले कडा रुपमा बन्द गर्ने दाबी गर्नुभयो । आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै एसपी सुवेदीले खुल्ला सीमाको फाइदा उठाउँदै लागू औषधको कारोबार बढेकाले चाडै त्यसको अन्त्य हुने दाबी गर्नुभयो सुवेदीले भन्नुभयो ।
आफु सर्लाही आएदेखि १३ जना अवैध कारोबारीलाई पक्राउ परिसकेका छन्, लागू औषधका कारोबारी पनि पक्राउ परिसकेका छन् । उत्तरी क्षेत्रमा अवैध तरिकाले लगाएको ठुलो परिमाणको गाँजा खेती नष्ट गरिएको छ, अझै बाँकी रहेका स्थानको खोजी गर्न टोली परिचालन भएको छ, त्यसको सूचना पाएलगत्तै प्रहरीले नष्ट गर्छ ।
तस्करी सर्लाहीको अर्को समस्या हो । पहिलेपनि यही जिल्लामा बसेर काम गरेको अनुभवले संभावित स्थानमा चेकजाँच कडा पारिएको छ, अब प्रहरी राजस्व बढाउने काम सक्रिय भएर लाग्नुपर्छ र बाकी रहेका सबै छोटी भन्सार खुलाउने विषयमा छलफल हुँदै छ,एसपी सुवेदी भन्नुहुन्छ । प्रहरी नगरिएको शान्ति सुरक्षामा सधैँ कटिबद्ध रहेकोले त्यसको प्रत्याभूति हुनेगरी काम गर्ने सुवेदीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्