कर्णाली प्रदेशसभाको दोस्रो बैठक आज, सभामुख र उपसभामुख चयनको मिति तोकिने
सुर्खेत ।कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक सोमबार (आज) दिउँसो १ बजे बस्दैछ ।
ज्येष्ठ सदस्य विनानेद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकले आजलाई बैठक आह्वान गरेको थियो । बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
‘आज दिउँसो १ बजे दोस्रो बैठक आह्वान भएको छ, त्यसका लागि हामीले सम्पूर्ण तयारी पुरा गरि सकेका छौँ ।’ प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले भन्नुभयो, ‘सभामुख र उपसभामुख चयनको मिति तोक्ने बाहेक अन्य खासै एजेण्डा केही छैनन् ।’








प्रतिक्रिया राख्नुहोस्