पाल्पामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु, चार घाइते
पाल्पा।पाल्पाको रम्भा–३, स्थित कालीगण्डकी कोरिडोर सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पिपल डाँडाबाट हुगी तर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रम्भा–१, हुँगीका १७ वर्षका विशाल थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो बेलुकी ७ बजेतिर भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।घाइतेहरूको तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा रामपुर–१, बस्ने २४ वर्षका दिलबहादुर घर्ती सोही स्थानका १६ वर्षका युवराज घर्ती, रम्भा–१, का १९ वर्षका विवेक थापा सोही स्थानका १८ वर्षका पूर्णबहादुर बोटे घाइते भएका छन् । दुर्घटनापछि ट्याक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्