प्रधानमन्त्री दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादवबीच भेटघाट

काठमाडौँ । विश्वासको मत र सरकार गठनका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादववीच छलफल भएको छ ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा नेपाल र यादव सकारात्मक देखिनु भएको छ ।
बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजको छलफल सकारात्मक रुपमा अघि बढेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते संसदमा विश्वासको मत लिदैहुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्