तपाईँ सुन्दै हुनुहुन्छः

चीनका नयाँ राजदूत सङ काठमाडौंमा

काठमाडौं । नेपालका लागि चीनका नयाँ राजदूत चेन सङ काठमाडौं आइपुग्नुभएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार नवनियुक्त राजदूत सङ आइतबार काठमाडौं आइपुग्नुभएको हो ।

काठमाडौं आएपछि राजदूत सङले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसका विभिन्न आयाम रहेको उल्लेख गर्नुभएको छ ।

सङले नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button