तपाईँ सुन्दै हुनुहुन्छः

‘भाइरल’ सडक: दुर्घटनाबाट ६ महिनामा ११ जनाको मृत्यु

कास्की । मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको हेम्जा सडक खण्ड अहिले ‘भाइरल’ सडकका रुपमा चिनिएको छ ।

हिमशृङखलाको अवलोकन गर्दै सवारी गर्न पाइने छ लेनको सडकखण्ड पछिल्लो समय अत्यधिक रुपमा दुर्घटना हुने सडकका रुपमा परिचित हुन थालेको छ ।

गएको ६ महिनामा मात्र यो क्षेत्रमा साना ठुला गरी १० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । बाटो फराकिलो हुँदा र धेरै सुन्दर हुँदा पनि सवारी दुर्घटना हुनु दुःखको विषय भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव प्रसाद पाठकले बताउनुभयो ।

उहाँका अनुसार अब उक्त क्षेत्रमा टाइम कार्ड प्रयोगमा ल्याउने तयारी गरिएको छ । ‘सडक खण्डमा प्रतिघण्टा १ सय ३५ किलोमिटरको गतिमा गाडी गुड्ने हुँदा दुर्घटना न्यूनीकरण गर्न अब टाइम कार्ड लागु गर्नुको विकल्प नै छैन ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button