तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा अस्पतालमा हाडजोर्नी एव‌ ट्रमा अप्रेसन सेवा सुरु

गोरखा । गोरखा अस्पतालमा अप्रेसन सेवा बिस्तारको क्रममा अस्पतालले हाडजोर्नी एवं ट्रमाका अप्रेसन सेवा सञ्चालनमा ल्याएको छ ।

हाडजोर्नी तथा नशा रोग विशेषज्ञहरू डा सिद्धार्थ खनाल र डा सन्देश श्रेष्ठले दैनिक सेवा दिन थाल्नुभएको हो ।

सेवा सञ्चालनमा आएपछि गोरखा र आसपासका नागरिकहरूलाई सहज हुने गोरखा अस्पताल विकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button