सार्वजनिक सुनुवाई गर्ने हरिपुर पहिलो नगरपालिका, पहिलो चौमासिकमा ३० प्रतिशत बढी खर्च

सर्लाही । जिल्लाका २० पालिकामध्ये हरिपुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्नुपर्ने कानूनी प्रावधान भएपनि जिल्लाका अधिकांश पालिकाले त्यसो गरेको पाइँदैन । तर हरिपुर नगरपालिकाले भने यो वर्ष आर्थिक वर्ष सुरु भएको पहिलो चौमासिकमा पहिलो सार्वजनिक सुनवाइ कार्यक्रम गर्दै स्थानीय सरकारका गतिविधिको बारेमा जानकारी दिएको छ ।
सार्वजनिक सुनवाइमा नगरपालिकाले पहिलो चौमासिक कुल बजेटको ३० दशमलव शून्य आठ अर्थात् १७ करोड ७९ लाख १५ हजार रकम खर्च गरेको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाइका क्रममा प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले पहिलो चौमासिकमा कुल ५९ करोड १४ लाख ६४ हजार ७४४ रुपैयाँ ९४ पैसा बजेटमध्ये पहिलो चौमासिकमा १७ करोड ७९ लाख १५ हजार खर्च भएको विवरण उपस्थित हरिपुर नगरवासीहरूमा जानकारी गराउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्