पाँचखालका विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्तरण

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाको समन्वय तथा उज्यालो नेपालको सहयोगमा पाँचखालका विद्यालयहरूमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ ।
एक कार्यक्रमका बिच पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले विद्यालयका प्रधानाध्यापकहरूलाई प्रविधिमैत्री सामग्री हस्तान्तरण गरेका हुन । प्रधानाध्यापकहरूलाई प्रविधिमैत्री सामग्री ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षा कोठा व्यवस्थापनका सामाग्री हस्तान्तरण भएको थियो ।
हस्तान्तरण कार्यक्रममा नगरप्रमुख खरेलले नगरले प्रविधिमैत्री शिक्षा सँगै गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभयाे । ‘नयाँ टेक्नोलोजीले शैक्षिक गुणस्तर उकास्न सहयोग पुग्ने भएर नगरले प्रविधिमैत्री शिक्षामा जोड दिइएको हो,–नगरप्रमुख खरेलले भन्नुभयाे । प्रविधिमैत्री सँगै विद्यालयमा कक्षाकोठा व्यवस्थापनमा लाग्न विद्यालयका प्रधानाध्यापकहरूलाई अनुरोध समेत गर्नुभयाे ।
कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जनले प्राप्त सामाग्रीको सदुपयोग गर्न अनुरोध गर्नुभयाे । नगरका प्रवक्ता एवं उज्यालो नेपालका उपाध्यक्ष सञ्जय तामाङले विद्यालयहरूलाई आवश्यकताको आधारमा कोहीलाई टिभी, कोहीलाई प्रिन्टर, कोहीलाई ल्यापटप, कोहीलाई प्रोजेक्टर, कोहीलाई कक्षाकोठा व्यवस्थापनमा सहयोग गरेको जानकारी दिनुभयाे । उहाँका अनुसार ल्यापटप, टिभी, प्रोजेक्टर तथा प्रिन्टर गरी ८ लाख ६० हजार बराबरको सामाग्री वितरण गरिएको हो । १६ वटा विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्तरण भएको कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, शिक्षा शाखा प्रमुख उदय कोइराला, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता हुनुहुन्थ्याे ।







प्रतिक्रिया राख्नुहोस्