एमाले प्रदेश नं १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी

विराटनगर । नेकपा (एमाले) प्रदेश नं १ को प्रमुख सचेतकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी चयन हुनुभएको छ ।
संसदीय दलको आज बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा चयन गरेको हो ।
नवनियुक्त प्रमुख सचेतक सुनसरी निर्वाचन क्षेत्र नं २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।
प्रदेशसभामा एमालेका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी कुल ४० सदस्य छन् ।








प्रतिक्रिया राख्नुहोस्