चिसो बढेपछि नेपालगन्जका विद्यालयमा तीन दिन बिदा
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका सम्पूर्ण विद्यालयहरू आइतबारदेखि बन्द हुने भएका छन् ।
चिसो अत्याधिक बढेपछि उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूमा पुस २४, २५ र २६ गते तीन दिन बिदा दिने निर्णय गरिएको शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।
केही दिन यता बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरूमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा समेत असहज वातावरण सिर्जना भएकाले नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्