नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण

सुर्खेत । दार्चुलादेखि धनगढीका लागि उडेको नेपाली सेनाको हेलिकप्टर दुर्घटना हुनबाट जोगिएको छ ।
हेलिकप्टरमा सामान्य प्राविधिक समस्यासँगै मौसम प्रतिकुल हुँदा आज सुर्खेतको बराहताल गाउँपालिका–२ पाग्मस्थित भेरी नदी टापुमा आकस्मिक अवतरण गर्नुपरेको हो ।

आकस्मिक अवतरण भएको सेनाको हेलिकप्टरबाट कुनै पनि प्रकारको क्षति नभएको बताइएको छ ।
सेनाको पश्चिम एयरवेज सुर्खेतबाट सहयोगका लागि अर्को हेलिकप्टर पठाएर सामान्य मर्मतपछि उद्धार भएको प्रत्यक्षदर्शी स्थानीय रत्नप्रसाद गौतमले बताउनुभयो ।

यता पश्चिम एयरवेज सुर्खेतले मौसम खराबीका कारणले बराहतालको पाग्ममा आकस्मिक अवतरण गर्नुपरेको जनाएको छ ।
उद्धार सहयोगका लागि गएको हेलिकप्टरबाट सामान्य चेकजाँचपछि सुरक्षित फर्किने क्रममा रहेको जनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्