तपाईँ सुन्दै हुनुहुन्छः

दोदा नदीमा सात वर्ष बित्दा पनि पुल बनेन

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा सात वर्ष बितिसक्दा पनि पुल बन्न सकेको छैन ।

जिल्लाको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण सात वर्षदेखि अलपत्र छ ।

पुल निर्माणका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । विसं २०७५ पुस २६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पुल नबनेका कारण स्थानीयवासी सास्ती खेप्न बाध्य छन् ।

सडक डिभिजन कार्यालय कञ्चनपुरले भने पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण समयमा सम्पन्न हुन नसकेको जनाएको छ ।

डिभिजन सडक कार्यालय कञ्चनपुरका सूचना अधिकृत पीयूष चटौतले पुलको जगमा समस्या आएकाले पुनः डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल बनाउन लागिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button