महाकाली नदीस्थित हरिहर घाटमा मकर मेला हुने
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीस्थित हरिहर घाटमा मकर मेला हुने भएको छ ।
धार्मिक पर्यटन विकासका लागि महाकाली नदीमा बनेको चार लेन पुलसँगै रहेको हरिहर घाटमा उत्तरायणी मकर मेला आयोजना हुन लागेको हो । पौष पूर्णिमादेखि धर्मध्वज पूजनसहित मेला महास्नान प्रारम्भ हुने मेला मूल समितिका संयोजक देवी भारतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेला एक महिना भन्दा बढी चल्नेछ । उहाँले महर्षि वेद व्यासद्वारा कुवेरको वाजपेय यज्ञका लागि देवदारु वनको व्यासाश्रमबाट आएर लिपि पर्वतमा बैकुण्ठ लोकमा मन्दाकिनी गङ्गाको प्रार्थना गरेर प्रकट गरेको हुनाले महाकाली नदी प्रसिद्ध तीर्थस्थल रहेको बताउनुभयो ।
महाकालीमा चार लेनको पुल बनेसँगै पर्यटकको आवतजावत बढेको छ । यसलाई धार्मिक पर्यटनका हिसाबले पनि विकास गर्न सके पर्यटन व्यवसाय फस्टाउने स्थानीय कविराज भट्ट बताउनुहुन्छ ।
पुस २२ गते सुरु हुने मेला फागुन १ गतेसम्म चल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्