तपाईँ सुन्दै हुनुहुन्छः

सुनकोशीका सामुदायिक विद्यालय र कार्यालयमा विद्युतीय हाजिरी

सिन्धुपाल्चोक ।  सुनकोशी गाउँपालिका भित्रका सामुदायिक विद्यालय र कार्यालयहरूमा  विद्युतीय हाजिरी मेशिन जडान गरिएको छ ।

विद्यालय  तथा कार्यालयहरूमा कर्मचारीहरू नियमित उपस्थिति नहुने,उपस्थिति भएपनि निर्धारित समय भन्दा अगाडि नै जाने गुनासो आएपछि सुनकोशी गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालय र मातहतका कार्यालयहरूको सेवा प्रवाह लाई चुस्त बनाउने उद्देश्यले फेस रिडएबल विद्युतीय हाजिरी मेशिन जडान गरिएको हो । 

गाउँपालिका मातहतका विद्यालय र कार्यालयहरूमा सुशासन र सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्देश्यले गाउँपालिका भित्र रहेका ११ माध्यमिक विद्यालय, १० स्वास्थ्य चौकी, सात वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गरि पहिलो चरणमा २९ कार्यालयमा मेशिन जडान गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । 

अर्को चरणमा  गाउँपालिका भित्रका आधारभूत विद्यालयमा समेत यस्तो मेशिन जडान गरिने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।  

स्थानीयबाट दैनिक रूपमा सङ्कलन भएको करलाई पारदर्शी बनाउने उद्देश्यले गाउँपालिकाले माघ महिनादेखि सातै वडा कार्यालय र गाउँपालिकामा इ बिलिङ समेत प्रणाली जडान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button