तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय समिति बैठक यही पुस २८ गते

काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २८ गते बस्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि पुस २२ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक बस्न लागेको हो । 

बैठकमा निर्वाचनपछिको समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button