तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक चिसो बढेपछि खजुराका विद्यालयहरूमा आजदेखि बिदा

नेपालगञ्ज  । अत्यधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले आजदेखि विद्यालयहरूमा बिदा दिएको छ ।

बदलिँदो मौसमले अत्यधिक चिसो हुँदा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सबै सामुदायिक र निजी विद्यालयहरूमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले सूचना निकालेर आजदेखि पुस २३ गतेसम्म विद्यालयहरूलाई पठनपाठन बन्द गर्न सूचित गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button