तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एस : सरकारमा जाने/नजाने निर्णयको जिम्मा सचिवालयलाई

काठमाडौँ । नेकपा एकिकृत समाजवादीको तेस्रो पोलिटब्युरो बैठकले सरकारमा जाने, नजाने वा सरकारलाई समर्थन गर्ने, नगर्ने विषयमा निर्णय गर्न केन्द्रिय सचिवालयलाई जिम्मा दिने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजो र आज पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकले पार्टी एकता तथा राजनीतिक मोर्चा निर्माणसम्बन्धी अधिकार पनि केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ ।

बैठकले तराईमा शितलहर र उच्च पहाडी क्षेत्रमा बढेको चिसोले जनजीवन प्रभावित भएको भन्दै राहतको व्यवस्था गर्न सरकारसँग माग गरिएको महासचिव डा.बेदुराम भुषालले जानकारी दिनुभयो ।

यस्तै बैठकले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न ठोस कदम चाल्नुपर्ने, किसानलाई मलको व्यवस्था गर्नुपर्ने तथा मिटर ब्याज कारोबारीलाई कानूनको दायरामा ल्याउन सरकारसँग माग गरिएको महासचिव भुषालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button