तपाईँ सुन्दै हुनुहुन्छः

उपरथी शाहीलाई ब्यारेकमै बस्न निर्देशन

काठमाडौँ । सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ ।

उहाँमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमितता भएको भन्ने उजुरीका आधारमा जङ्गी अड्डाले छानबिन गरिरहेको छ ।

प्रवक्ता भण्डारीले भन्नुभयो, “विगतदेखि नै आर्थिक अनियमिततासँग जोडिएर प्रश्न उठेपछि निष्कर्षमा पुर्‍याउनु पर्ने भएकाले उहाँलाई केही समय ब्यारेकमै बस्न निर्देशन भएको हो ।” उपरथी शाहीको सेवा अवधिसम्बन्धी अदालतको निर्णय र छानबिनसँग कुनै सम्बन्ध नरहेको पनि सेनाले स्पष्ट पारेको छ । 

भोलि पुस २० गतेदेखि अवकाशमा जान लाग्नुभएका उपरथी शाहीले आफ्नो अवकाश हुने उमेर फरक परेको भनी अदालतमा निवेदन दिनुभएकामा माग अनुरुप अदालतबाट अन्तरिम आदेश भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button