सङ्कटा फुटबल क्लब आहा ! रारा गोल्डकपको सेमिफाइनलमा
पोखरा । सङ्कटा फुटबल क्लबले २२ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
पोखरा रङ्गशालामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै सङ्कटाले अन्तिम चारको यात्रा तय गरेको हो । सङ्कटाको जितमा मेसुके, सुरज ज्यु ठकुरी र स्टेफन बिनोङले एक एक गोल गरे । आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे ।








प्रतिक्रिया राख्नुहोस्