तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग छलफल

भोलि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्नुहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आज नेपाल सरकारका सचिवहरूसँग छलफल गर्नु भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालयका सचिवहरूले गर्नु भएको मन्त्रालयगत रिपोर्ट सुन्नु भएको र भोलि निर्देशनात्मक सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिनुभयो ।

आजको बैठकमा सचिवहरूले मन्त्रालयहरूमा भइरहेका कार्यप्रगति र समस्यालगायत विषयमा रिपोर्टिङ गर्नु भएको थियो । 

बैठक भोलि बिहान ११ बजे पुनः बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button