लुम्बिनी कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन
काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनु भएको छ ।
गत मंसिर ४ गते भएकाे आम निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुनुभएकाे थियाे ।लुम्बिनी प्रदेश सभामा कुल ८७ सिट मध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद रहेका छन् ।लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल हो । एमालेका २९ जना सांसद रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्