तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारलाई ज्यान मार्ने धम्की दिने नगर प्रमुखलाई कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाले महासंघका सदस्य एवं अनलाइन खबर डटकमका समाचारदाता शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिने विदेह नगरपालिकाका प्रमुख बेचन दासलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई महासंघका अध्यक्ष मनिका झा नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । पौडेलले प्रदेशसभा परिसरमा पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिनुभएको थियो ।

पत्रकारलाई ज्यान मार्ने धम्की दिने नगर प्रमुख पौडेललाई कारबाही नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत महासंघको टोलीले दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button