सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा खगराज भट्ट चयन

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा खगराज भट्ट चयन हुनु भएको छ । आज धनगढीमा बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई प्रदेश सभा संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश धामीले बताउनु भयो । यस्तै दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयनका लागि चाडै दलको बैठक बस्ने उहाँले बताउनुभयो ।
संसदीय दलको नेतामा चयन हुनु भएका भट्ट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज हुनु हुन्छ । भट्ट डडेलधुराबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका ११ जना प्रदेश सभा सदस्य हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्