सप्तरी प्रहरीद्वारा ८ सय १० किलो गाँजा बरामद
राजविराज । सप्तरी प्रहरीले ८ सय १० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आज शुक्रबार पत्रकार सम्मेलन गरी बरामद गरिएको गाँजा सार्वजनिक गरेको हो । खाल्टो खनेर बालुवामा गाडिएको अवस्थामा उक्त परिमाणमा गाँजा बरामद गरिएको सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिनुभयो ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ नेपाल भारत सीमा नजिकै कोशी ब्यारेजको गोल घरदेखि ५ सय मिटर उत्तर पूर्व कोशी भंगालको पूर्व टापुको एकान्त ठाउँमा बालुवामा खाल्टोमा पुरेर राखिएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी काफ्लेले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्