तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा पुस १८ मा प्रदेश सभा आव्हान

रुपन्देही । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन यही पुस १८ गते आव्हान गर्नुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।

अधिवेशन लुम्बिनीको राजधानी दाङ, देउखुरीमा बोलाइएको बुधबार विज्ञप्तिमार्फत जानकारी दिइएको छ । यसअघि मुकाम बुटवलमा बस्दै आएको प्रदेशसभा सरेपछि पहिलो पटक त्यहाँ अधिवेशन हुन लागेको हो । लुम्बिनी प्रदेश ८७ जना सांसद रहेका छन् । प्रदेश प्रमुखको कार्यालय भने बुटवलमै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button