तपाईँ सुन्दै हुनुहुन्छः

घोडाघोडीमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु

टीकापुर कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरु गरेको छ । 

नगरपालिकाले पूर्व पश्चिम राजमार्ग अन्तरगत वडा नम्बर २ को  सुक्तिकाडाँबाट आजदेखि सडक क्षेत्रमा निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो ।

पटक पटक सूचना जारी गर्दासमेत हटाउन अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गरी संरचना हटाउन शुरु गरिएको घोडाघोडी नगरपालिकाले जनाएको छ । 

सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउने कामको सुरुवात गरिएको नगरप्रमुख खडक बहादुर रावतले बताउनुभयो । 

पूर्व पश्चिम राजमार्ग अन्तरगत  वडा नम्बर २ को  सुक्तिकाडाँदेखि वडा नम्बर १० को आमखौयासम्मको सडक क्षेत्र अतिक्रमण गरी बनेका सबै संरचना भत्काइने प्रमुख रावतले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button