प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच सरकार बिस्तारका सम्बन्धमा छलफल

काठमाडौँ । प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
ललितपुरस्थित खुमलटारमा दुई नेताबीच भएको भेटमा आगामी सहयात्रा, मन्त्रिमण्डल बिस्तार, प्रदेश सरकार गठन र सत्ता साझेदारीमा अन्य दललाई समेत सहभागी गराउने विषयमा छलफल भएको थियो ।
दुई नेताबीचको भेटमा जनतालाई सेवा प्रवाह र सुशासनका सन्दर्भमा गरेका निर्णयलाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
उहाँले भोलि फेरि बालुवाटारमा सत्ता साझेदारी दलका शीर्ष नेताहरुबीच छलफल हुने जानकारी दिनुभयो ।
भेटमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा समेत छलफल भएको थियो ।
यसअघि, आजै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
भेटवार्तामा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्