तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिममा किसानले उत्पादन गरेको किवी जिल्लामै बिक्री

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका किसानले उत्पादन गरेको चार सय क्विन्टल किवी कर्णाली वेभरेज प्रालिले खरिद गरेको छ । 

आठबीसकोट नगरपालिका वडा नम्बर १२ झिनचौरमा रहेको कर्णाली वेभरेजले आठबीसकोट नगरपालिकासाथै छिमेकी जिल्लाहरूका कृषकहरूले उत्पादन गरेको किवी खरिद गरिएको अध्यक्ष दल बहादुर शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार खरिद गरिएको किवीबाट कम्पनीले जुस उत्पादन गर्ने छ । 

अहिलेसम्म किसानले आफूखुसी किवी बिक्री गरिरहेकामा पहिलो पटक छिमेकी जिल्लाहरू तथा पालिकाको किवी एकमुस्ट बिक्री भएको हो  । 

नगरमै किवी खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषकहरू खुसी भएका छन् । 

कर्णाली वेभरेजले नगरपालिकाभित्र उत्पादन भएका सुन्तला पनि खरिद गरिने जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button