जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता चयन बुधबार हुने भएको छ ।
जसपाले संसदीय दलको नेता चयन गर्न मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका अनुसार बुधबार बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यस्तै, १२ देखि दिउँसो १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र १२ः३० देखि १ः३० बजेसम्म नाम फिर्ता लिने कार्यतालिका छ ।
दिउँसो १ः३० देखि दिउँसो २ बजेसम्म दावी विरोध गर्ने र दिउँसो २ देखि २ः३० बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसपछि २ः३० देखि ३ः३० सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् ।






प्रतिक्रिया राख्नुहोस्