तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा प्रदेशसभा सदस्यको शपथ पुस १५ गते  

जनकपुरधाम । मधेश प्रदेशसभामा नवनिर्वाचित हुनुभएका प्रदेशसभा सदस्यहरूको शपथग्रहण पुस १५ गते हुने भएको छ । 

प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित कुमार यादवले आज बोलाउनुभएको सर्वदलीय बैठकबाट पुस १५ गते दिउँसो २ः०० बजे प्रदेशसभा सदस्यका शपथ ग्रहण गराउने निर्णय भएको छ ।

मधेश प्रदेशमा निर्वाचित १० दलका प्रतिनिधिहरू सहभागी बैठकबाट शपथ ग्रहणको मिति तय गरेको प्रदेशसभा सचिवालयका निमित्त सचिव यादवले जानकारी दिनुभयो । 

मधेश प्रदेशमा रहेका सबैभन्दा ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले शपथ ग्रहण गराउनु हुने कार्यक्रम रहेको छ । 

प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण अघि ज्येष्ठ सदस्य न्यौपानेले प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्नुहुने छ ।  न्यौपाने ७१ वर्षको हुनुहन्छ । 

मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दलको रुपमा नेकपा एमालेले प्रत्यक्ष तथा समानुपातिकतर्फ २३ सिट, नेपाली काँग्रेस २२, जनता समाजवादी पार्टीले १६ सिट, जनमत पार्टीले १३ सिट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ९ सिट, नेकपा माओवादी केन्द्रले ८ सिट, नेकपा एकीकृत समाजवादीले ७ सिट जितेको छ । 

यस पटक प्रत्यक्षमा एक सिट पनि नजिते पनि समानुपातिकतर्फ भने राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट, नेपाल संघीय समाजवादी पार्टीको १ सिट र नागरिक उन्मुक्ति पार्टीको १ सिट रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button