तपाईँ सुन्दै हुनुहुन्छः

ओली, प्रचण्ड र लामिछानेबीच भेटवार्ता

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल सुरु भएको छ । 

सो छलफलमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेता अशोक राई पनि सहभागी हुनुहुन्छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आव्हान गर्नुभएको एक हप्ताको समय आज पाँच बजे सकिनु अघि सो भेटवार्ता भएको हो । 

भेटवार्तामा एमाले, माओवादी, रास्वपा र राजपाका शीर्ष नेता पनि सहभागी रहनुभएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 

सो भेटवार्ताअघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेट भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button