भेडेटारमा १० औँ ‘भेडेटार फुड फेस्टिभल’ आयोजना हुने
धनकुटा । पर्यटकीय गन्तव्यको रूपमा चिनिएको धनकुटाको भेडेटारमा १० औँ ‘भेडेटार फुड फेस्टिभल’ आयोजना हुने भएको छ ।

होटल एसोसिएसन भेडेटारले शनिवार पत्रकार सम्मेलन गर्दै १० औँ ‘भेडेटार फुड फेस्टिभल’ आयोजना गर्ने जानकारी गराएको हो ।
पर्यटक प्रवर्द्धनको लागि प्रत्येक वर्ष आयोजना गरिँदै आएको फेस्टिभल आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै यस वर्ष पनि अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुस १६ देखि १८ गतेसम्म आयोजना हुने होटल एसोसिएसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले जानकारी दिनुभयो । फेस्टिभल अवधिमा १५ देखि २० हजार पर्यटक भित्र्याउने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकको छ ।
फेस्टिभलमा भेडेटार क्षेत्रमा पाइने जातीय खानेकुरा, अर्ग्यानिक खानेकुराको प्रवर्द्धन गरिनेछ भने स्थानीय कृषि, घरेलु उत्पादनको प्रवर्द्धन हुने श्रेष्ठले बताउनुभयो । स्थानीय जातीय (राई, लिम्बू, मगर, तामाङ र नेवारी) खानेकुराहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्