बाँझो जमिनमा चिया खेती गर्ने योजना

पर्वत । पर्वतको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्क बसाइसराइले गाउँ नै रित्तिँदै गएको छ भने खेतबारी बाँझो हुँदै छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरुडाँडाखक, जहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ ।
वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा स्वास्थ्यको खोजीलगायत विविध कारणले गुरुङ समुदायका झण्डै ८० प्रतिशत परिवारले गाउँ छाडिसके ।
गाउँबाट बसाइसराइको दर उल्लेख्य बढेपछि अहिले खेतबारी पुरै झाडी र बुट्यानले भरिएको छ । ढुङ्गाको छानो भएका, चिटिक्क परेका घरहरू भग्नावशेषमा परिणत हुन थालेका छन् । गाउँमा बसेकाहरूलाई पनि खेतीवाली लगाउने रुचि छैन । किनकि बालीनाली लगाए बाँदरले छिनभरमै सखाप पारिदिन्छ ।
वर्षेनी बाँझो जमिन बढ्ने क्रम बढेपछि वडा कार्यालयले नयाँ योजना अघि सारेको छ । वडा भित्र खाली र बाँझो रहेको जमिन उपयोगमा ल्याउन लागेको हो । खाली र बाँझो जमिनमा चिया खेतीका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको वडा अध्यक्ष रुद्रमोहन रिमालले जानकारी दिनुभयो ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेको घना जङ्गल मुनि रहेको उक्त गाउँमा परीक्षणका लागि केही व्यक्तिले लगाएका चियाका बोट हुर्किँदै गएपछि चिया खेती राम्रो हुने आँकलन गर्दै सम्भाव्यता अध्ययन गर्न थालिएको अध्यक्ष रिमालले बताउनुभयो ।
“यहाँ बाँझो जमिन प्रशस्त छ । चिया खेतीका लागि उपयुक्त हावा, पानी र माटो समेत सुहाउँदो भएको देखिन्छ ।”, अध्यक्ष रिमालले भन्नुभयो, “सम्भाव्यता अध्ययनका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय कास्कीले तयारी थालेको छ ।”
वडा कार्यालयको अनुरोधमा कार्यालयको टोलीले आर्थरडँडाखर्कका सबै क्षेत्रमा चिया खेतीको सम्भावनाको अध्ययन थालेको हो ।
गाउँमा बसाइसराइका कारण खाली जमिन बढ्दै गएको र गाउँको सौन्दर्ययतामा समेत ह्रास आउन थालेका कारण बाँझो जमिनको उपयोग गर्न लागिएको अध्यक्ष रिमालले बताउनुभयो ।
आर्थरमा चिया खेतीको बिस्तार हुन सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नमा सहयोग पुग्ने स्थानीय इन्द्र गुरुङले बताउनुभयो । बाँझो जमिन उपयोग गरेर यहाँका युवाहरूलाई गाउँमै कमाउने र गाउँमै रमाउने वातावरण सिर्जना गर्न सकेमा बसाइसराइ दर कम हुने उहाँले बताउनुभयो ।
आर्थर डाँडाखर्कका झण्डै ८ सय परिवार बसाई सरेर पोखरा र काठमाडाँै लगायतका शहरमा बस्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि वडा सचिबनै ती ठाउँ खोज्दै जानुपर्ने बाध्यता रहेको छ । अहिले गाउँमा गुणस्तरीय सडक, निजी विद्यालय तथा गुणस्तरीय सामुदायिक विद्यालय र स्वास्थ्य क्षेत्रमा समेत सुधार आए पनि गाउँ भने रित्तिँदै गएको स्थानीय दुर्गा शर्माले बताउनुभयो ।
बाँझो जमिनमा चिया खेती गर्ने योजना
रोशन तिवारी

प्रतिक्रिया राख्नुहोस्