तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा भेरी नदी किनारमा शव फेला 

सल्यान । सल्यानमा भेरी नदी किनारमा शव फेला परेको छ । 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ कालिभिर नजिकै भेरी नदी किनारमा शव फेला परेको हो । 

शव जाजरकोट भेरी नगरपालिका ३ का अन्दाजी २६ वर्षीय विक्रान्त केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

गत कात्तिक ८ गतेदेखि केसी हराइरहेका थिए । भेरी नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खोजतलास गर्ने क्रममा आज उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख गोपालप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

शवको सनाखत र मुचुल्का उठाउने काम भइरहेको र मुचुल्कापछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button