तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षामा राज्यको लगानी वृद्धि गर्नुपर्छ : उपराष्ट्रपति पुन(भिडियो)

नवलपुर I उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षामा राज्यको लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

शिक्षामा राज्यको लगानी वृद्धि गर्दै शिक्षामा भइरहेको निजी क्षेत्रका लगानीलाई नियमन गर्नुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिनुभयो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली–१६ रजहर स्थित देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको समापन गर्दै उपराष्ट्रपति पुनले शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यवसायिक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम प्रतिस्पर्धी नैतिक एवं राष्ट्रहितप्रति समर्पित जनशक्ति तयार पार्नुपर्ने बताउनुभयो । शिक्षामा व्यापक सुधारको खाँचो रहेको उपराष्ट्रपति पुनले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button