निःशुल्क स्वास्थ्य शिविरमा ४ सय जनाको चेकजाँच
बारा । बाराको जीतपुरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय जनाले स्वास्थ्य चेकजाँच गराएका छन् ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको आयोजना र नेपाल मेडिसिटी बायोद्धा अस्पतालको सहकार्यमा भएको शिविरमा २ सय जना महिला, १ सय ५० पुरुष र ५० जना बालबालिकाले स्वास्थ्य चेकजाँच गराएको नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले जानकारी दिनुभयो ।

बिरामीहरूलाई औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्