तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन

कावासोती । उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताउनुभएको छ । 

पूर्वी नवलपरासीको देवचुली–१६ मा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको समापन तथा ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन आउनुभएका उपराष्ट्रपति पुनले विभेदपूर्ण वर्तमान शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले वर्तमान शिक्षा प्रणालीले समाजलाई ध्रुवीकृत गराएकाले यो शिक्षा प्रणालीबाट मुलुकको भविष्य राम्रो नभएको बताउनुभयो । 

उपराष्ट्रपति पुनले अहिलेको शिक्षालाई परिमार्जित गरेर वैज्ञानिक, व्यावसायिक, प्राविधिक, रोजगारमूलक एवं जनमुखी बनाएर सक्षम, प्रतिस्पर्धी, नैतिकवान् एवं राष्ट्र हितप्रति समर्पित जनशक्ति उत्पादन गर्नसक्ने शिक्षा प्रणालीको विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो । 

शिक्षामा व्यापारीकरण बढेको भन्दै उपराष्ट्रपति पुनले यस क्षेत्रमा राज्यको लगानी बढाएर निजी क्षेत्रको लगानीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button