तपाईँ सुन्दै हुनुहुन्छः

आज रिहा हुँदै शोभराज

काठमाडौं । विश्व कुख्यात सिरियल किल्लरका रूपमा चिनिएका चार्ल्स शोभराज आज रिहा हुँदै छन् ।

बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा हुन लागेका शोभराजका वकिल गोपाल सिवाकोटीले जानकारी दिनुभयो।

उहाँकाअनुसार शोभराज आज बिहान १० बजे रिहा हुने सम्भावना छ ।

बुधबार सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चबाट फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरेर १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button