तपाईँ सुन्दै हुनुहुन्छः

महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन अपिल

संयुक्त राष्ट्रसङ्घ। तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गर्नुभएको छ ।संयुक्त राष्ट्रसङ्घीय वुमन (युएन वुमन) का कार्यकारी निर्देशक सीमा बहाउसले सो आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ– अफगानिस्तानको तालिबान सरकारको गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्छ र उसका कारणले महिलाले अधिकार नपाउन अवस्थाको तत्कालै अन्त्य हुनुपर्छ । शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्छ ।

तालिबान सरकारका शिक्षा मन्त्रीले यसै हप्ता तालिबान सरकारले सो निर्णय गरेको बताउनुभएको थियो । अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट प्रतिबिन्धत गरेको घटनाको सबैतिर विरोध भएको छ ।

मङ्गलबार मात्र पनि अफगानिस्तानमा लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति प्रकाशन गरेर यसको विरोध गर्नुभएको छ ।उहाँले यस्तो निर्णय अफगानिस्तान देशको हितमा पनि नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै नै दुःखद भएको धारणा संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले राखेका छन् ।

दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरुलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरु विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ ।

तालिबानहरुले यहाँका महिला अधिकारको हनन् गरिरहेकाले संयुक्त राष्ट्रसङ्घीय सभा तथा बैठकहरुमा यस्ता विषयमा कुरा उठाउनुपर्ने धारणा पनि राखिएको छ ।बहाउसले बुधबार एक अपिल जारी गर्दै अफगानिस्तानको विकासका लागि त्यहाँका महिलाको पनि ठूलो योगदान रहेकाले यस्तो निर्णय तत्कालै सच्याएर यहाँका सबै नागरिकले उचित र न्यायपूर्ण रुपमा शिक्षा लिन पाउने अधिकारको रक्षा गर्न पाउनुपर्ने बताउनुभएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button