तपाईँ सुन्दै हुनुहुन्छः

शपथ अघि सर्वदलीय बैठक बस्दै

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकोसर्वदलीय बैठक बोलाइएको छ ।

संसदको ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुअघि सर्वदलीय बैठक आव्हान गर्नुभएको हो ।

आज दिउँसो १ बजेदेखि संसद भवनमा प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराइँदैछ ।

त्यसअघि १२ बजे बैठक सञ्चालनसम्बन्धी छलफल गर्न सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक(एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button