कालिकोटमा प्रेसरकुकर पट्किदा तीन घाइते, एक गम्भीर
कालिकोट । शुभपालिका गाउँपालिका ३ भर्ता संज्यालवाडामा खाना पकाउने प्रेसरकुकर पट्किदा तीन जना घाइते भएका छन् ।
खाना पकाउने कुकरमा ग्यासभरीएर विस्फोट भएको हो । कुकर पड्किँदा खाना पकाउन लागेकी ४२ वर्षीया हरिशोभा परियार उनका १० वर्षीया छोरा गणेश परियार र हरीशोभाका देवरका छोरा बर्ष १० का लोकेन्द्र परियार घाइते भएका हुन् ।
बिहान ७ बजेको समयमा कुकर पट्केर घाइते भएका उनीहरूलाइ आफन्तले बेलुका ७ बजे मात्रै कालिकोट जिल्ला अस्पताल पुर्याएका छन् । उनको घरमा हरीशोभा र एक छोरा र छोरी मात्रै रहेकाले आर्थिक जुटाउन लाग्दा अस्पताल पुर्याउन ढिला भएको उनका आफन्तले बताएका छन् । घाइते हरीशोभाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतको भनाइ छ । घटना भएको जानकारी भए पछि शुभपालिका गाउँपालिका वडा नं ३ का वडा सदस्य चक्र बहादुर शाहि र गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले उद्धार गरी अस्पताल सम्मपुर्याउन सहयोग गरेको बताइएको छ ।
उनीहरूको कालिकोट जिल्ला अस्पतालमा उपचार भइरहेको स्वास्थ्यकर्मी प्रकाश अधिकारीले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्