तपाईँ सुन्दै हुनुहुन्छः

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली चयन

काठमाडौं । नेकपा एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई संसदीय दलको नेतामा चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको समर्थनमा अध्यक्ष ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको हो ।

एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रूपमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button