बस र माइक्रोबस ठोक्किँदा १ जनाको मृत्यु

धादिङ । भैरहवाबाट काठमाडौँ जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रुवाहक बस र काठमाडौँबाट लमजुङ तर्फ जाँदै गरेको बा२ ख ४७६२ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गको गजुरी २ बिहानी पम्प नजिक ठोक्किँदा १ जनाको मृत्यु भएको छ। यात्रुवाहक बस र माईक्रोबस ठोकिदा अन्य १४ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरि केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने केहीलाई उपचारको लागी काठमाडौँ पठाइएको छ। दुर्घटनामा परि मृत्यु भएकाको पहिचान खुल्न सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्