शेखर समूह बैठक : देउवा विरुद्ध कसले उम्मेदवारी दिने भन्ने अझै टुङ्गो लागेन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट कसले उम्मेदवारी दिने भन्ने सम्बन्धमा अझै टुङ्गो लाग्न सकेको छैन ।
संसदीय दलको नेतामा उम्मेदवार हुन संस्थापन इतर समूहबाट डाक्टर शेखर कोइराला र महामन्त्री गगन थापा आकाङ्क्षी हुनुहुन्छ । संस्थापन समूहबाट पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिनुहुने छ ।
डाक्टर कोइराला समूहको आज बिहान बसेको बैठकमा सभापति शेरबहादुर देउवा विरुद्ध डाक्टर कोइराला र महामन्त्री थापामध्ये एक जनाले मात्र उम्मेदवारी दिने बारेमा छलफल भए पनि सहमति जुट्न नसकेको नेता अर्जुन नरसिंह केसीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
सो समूहमा सहमति जुटाउन नेताहरूबिच थप छलफल भईरहको केसीले बताउनुभयो ।
कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन आज दिउसो दुईदेखि तीन बजेसम्मको समय तोकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्