तपाईँ सुन्दै हुनुहुन्छः

निजगढमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बारा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा गए राती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै रौतहटस्थित गुजरा नगरपालिकाका स्थानीय युवा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढका अनुसार रौतहट गुजरा नगरपालिका ३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र सोही ठाउँका २७ वर्षीय रितबहादुर राईको दुर्घटनामा परी मृत्यु भएको हो । पहाडीले चलाएको मोटरसाइकल छेउमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो ।

मोटरसाईकलमा सवार तीन जनामध्ये घाइते २४ वर्षीय सुशील माझीको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button