‘विपद्मा अपाङ्गता भएकाहरूलाई कठिन’
काठमाडौँ । अपाङ्गता भएकाहरूलाई प्राकृतिक विपद्का बेला अझ बढी कठिन हुने गरेको सरोकारवालाहरुले बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले आज काठमाडौँमा आयोजना गरेको छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विभिन्न समयमा आइपर्ने विपद्का बेला अपाङ्गता भएका व्यक्तिहरू झन् जोखिममा पर्ने गरेको बताउनुभयो ।
विपद्का बेला सबै खालका अपाङ्गता भएकाहरूले सहज रुपमा ज्यान जोगाउने गरी संरचना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
छलफलमा अपाङ्गता भएका व्यक्तिमैत्री संरचना बनाइनुपर्ने, अपाङ्गता भएकाहरूका सवालमा बनेका नीति नियम कार्यान्वयन गरिनुपर्ने लगायतका विषयमा सहभागीहरूले विचार व्यक्त गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्