तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा एभेन्जर्सद्वारा थापालाई मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौँ । शुक्रवारबाट राजधानीमा सुरु हुने नेपाल टी–ट्वान्टी लिगका लागि पोखरा एभेन्जर्सले सामसन जङ्ग थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

पोखराले थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी ८ गतेबाट सुरु हुनेछ ।

पोखराको पहिलो खेल ८ गते नै काठमाडौँ नाइट राईडर्ससँग रहेको छ । शरद भेषवाकर पोखराको मार्की खेलाडी रहेका छन् ।

पोखरामा भेषवाकरको अलावा आसिफ शेख, प्रतिश जिशी, सिद्धान्त लोहनी, कृष्ण कार्की, मौसम ढकाल, विपिन खत्री, तुल बहादुर थापा, सुमित महर्जन, विशाल विक्रम केसी, आरिफ शेख, कुशल मल्ल लगायतका नेपाली खेलाडी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button