तपाईँ सुन्दै हुनुहुन्छः

दलको नेता चुन्न रास्वपाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको नेता चयन गर्न होटल पबेरा बुढानीलकण्ठमा बैठक बस्ने भएको हो ।

पार्टीबाट नवनिर्वाचित सांसदहरूलाई आजै बिहान ८ बजे बधाई दिने कार्यक्रम पनि राखिएको सो पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो।

त्यसपछि संसदीय दलको नेता चयन प्रक्रिया थालिने उहाँले बताउनुभयो । पार्टीका सभापति रवि लामिछाने नै संसदीय दलको नेता बन्ने पक्कापक्की जस्तै छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट गरी २० सिट जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button