बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु, एक गम्भिर

बर्दिबास । धनुषामा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका–१ भुतहीपटेर्वाका अन्दाजी ६० वर्षीय चन्द्रदीप यादव रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–५ ढल्केवरमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषाको मिथिला बिहारी नगरपालिका–१ भुतहीपटेर्वाका अन्दाजी ६० वर्षीय चन्द्रदीप यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिनुभयो ।
पूर्वतर्फ जाँदै गरेको ना ६ ख ८४२६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प १४९२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकाको जनकपुरधामस्थित काव्य हस्पिटलको सघन कक्षमा उपचार भइरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्